ट्रेंडिंग:

>> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

बाँकेका किसान भन्छन् – ‘मम्फली कम फले पनि मुनाफा मिठो’

१७ कार्तिक २०८२, सोमबार
१७ कार्तिक २०८२, सोमबार

नेपालगन्ज, १६ कात्तिक ।

बाँकेका किसानले यस वर्ष मम्फलीको मूल्य अपेक्षाकृत राम्रो पाएको बताउँदै उत्साह प्रकट गरेका छन् । स्थानीय किसानका अनुसार अहिले बजारमा सुकेको मम्फली प्रति क्विन्टल १५ हजार रुपैयाँमै सहजै बिक्री भइरहेको छ ।

त्यसै गरी काँचो, नसुकेको मम्फली पनि खेतमै गएर व्यापारीहरूले प्रति क्विन्टल १० हजार रुपैयाँमा किन्ने गरेको किसानहरू बताउँछन् । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनाका किसान रज्जवअलि बागवानका अनुसार यस वर्ष मूल्यका हिसाबले किसानहरू सन्तुष्ट छन् ।

बागवान भन्छन् — “दिनभर मम्फली खनेर टिप्छौँ, साँझ बजारका व्यापारीहरू खेतमै आएर काँचो मम्फली लिएर जान्छन् । हामीलाई बजार लैजाने झन्झट छैन, सुकाउन पनि धेरै हतार छैन ।”

उनका अनुसार मम्फली खेती श्रम र लागत दुवै हिसाबले सहज मानिन्छ । “धेरै मेहनत छैन, यसमा मलखाद, सिँचाइ, धेरै खर्च चाहिँदैन । झार मार्ने औषधि छर्नेबाहेक अरू खासै काम हुँदैन,” उनको भनाइ छ ।

बागवानले करिब ८ कट्ठा जमिनमा गहुँ र मम्फली दुवै खेती गर्छन् । यस वर्ष सुकेको ५ क्विन्टल जति मम्फली उत्पादन भएको र सबै खर्च कटाएर करिब ५० हजार रुपैयाँ जति नाफा हुने विश्वास आफूहरूको रहेको उनले बताए । “मम्फली उठाएर त्यही खेतमा फेरि गहुँ छर्ने तयारी भइसकेको छ,” उनले थपे ।

यता, नेपालगन्ज–२१ बिर्ताका हस्मा खानले भने यस वर्ष उत्पादन केही घटेको बताए । उनका अनुसार दाना लाग्ने महत्त्वपूर्ण समयमा पानी नपरेका कारण उत्पादनमा कमी आएको हो । “गत वर्ष ७ क्विन्टलभन्दा बढी फलेको थियो ।

यस वर्ष करिब साढे छ देखि साढे सात क्विन्टल मात्र भयो,” खान भन्छन् । उनले दुई भाइ मिलेर करिब १५ बिघा क्षेत्रफलमा १० वर्षदेखि निरन्तर मम्फली खेती गर्दै आएका छन् ।

उत्पादन घट्नुमा बनमारा झार पनि ठुलो चुनौती बन्दै गएको उनले बताए । “विषादीले पनि मर्दैन, प्रत्येक वर्ष काटेर जलाउँछौँ, फेरि उम्रिन्छ । यही झारपातले उत्पादनमा पर्न थालेको असर वर्षौँदेखि बुझ्दै आएका छौँ,” खानको अनुभव छ ।

मम्फलीको मूल्य धेरै वर्षदेखि स्थिर नभएको, कहिले सुकेको मम्फली नै १२ हजारमै झर्ने, कहिले काँचो नै १२ हजार पुग्ने क्रम चलिरहने उनले सुनाए । “तर यो वर्ष १५ हजार पुगेको सुनिँदा फाइदा होलाजस्तो लागेको छ,” खानको भनाइ छ ।

स्थानीय कृषि समूहहरूले पनि यो वर्ष मम्फलीको मूल्य राम्रो भएको र किसानको लगानी तथा मेहनतलाई केही राहत मिलेको बताइरहेका छन् । यद्यपि उत्पादन बढाउन चाहिने प्राविधिक सहजीकरण, खेती हुने क्षेत्रको माटोमै हुने समस्या, विशेष गरी बनमारा नियन्त्रण र बजार टिकाउ मूल्य निर्धारणको विषय भने किसानहरूको साझा चिन्ता बनेको छ ।

यस वर्षकै मूल्यलाई आधार मान्ने हो भने बाँकेका धेरै किसानलाई मम्फली फाइदाजनक  बालीको रूपमा अझै आकर्षित गरिरहेको स्थानीयहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?