Butwal Today

प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १७ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका शीर्ष पदाधिकारीबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भेटवार्तामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, साथै संसदका महासचिव पदमप्रसाद पाण्डे र सचिवद्वय हर्कराज राई तथा रोजनाथ पाण्डे सहभागी रहेका थिए ।

भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।