Butwal Today

कुलमानको निर्णयविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १७ कार्तिक ।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ले आफ्नो सरुवाविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषणको आदेश माग्दै सोमबार निवेदन दायर गरेका छन् ।

शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा उनलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीका विशेषज्ञको रूपमा सरुवा गरेको हो ।

प्राधिकरणबाट सरुवा गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको छ ।