© २०२३
काठमाडौं, १७ कात्तिक ।
डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा बराबरको भ्रष्टाचार गरेको प्रमाण भेटिएको छ ।
श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो दरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग राखी अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।