ट्रेंडिंग:

>> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा

पुँजीगत खर्चको कहालीलाग्दो अवस्था

१७ कार्तिक २०८२, सोमबार
१७ कार्तिक २०८२, सोमबार

नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरु भएको चार महिना १७ दिन भैसकेको छ । यति बेला सम्म सङ्घीय र प्रदेश सरकारले चौथाइ खर्च गरिसक्नुपर्ने हो तर खर्चको अवस्था उही निराशाजनक छ ।

यो वर्ष जेनजी आन्दोलन, बाढी पहिरो र दसैँ तिहार लगायतका चाडपर्वका कारण खर्चमा केही विलम्ब देखिएको हुनसक्छ तर खर्चको प्रवृत्ति उही पुरानै ढर्राको भएकोले पुँजीगत खर्चले निराश बनाउने अवस्था छ ।

निश्चित रूपमा जेनजी आन्दोलनको असर सङ्घीय र प्रदेशको पुँजीगत खर्चमा परेको छ । निर्वाचन गराउन बनेको सरकारले खर्च कटौती गर्दा त्यसै पनि विकास निर्माणको काम प्रभावित हुने अवस्था छ । त्यसमाथि पुँजीगत खर्चको कमजोर अवस्थाले यो वर्षको विकास निर्माणको काम खुम्चिने निश्चित छ ।

सङ्घीय र प्रदेश सरकारले अहिलेसम्म जम्मा १० प्रतिशतको हाराहारीमा खर्च गरेका छन् । लुम्बिनी प्रदेशको कुनै कुनै मन्त्रालयको खर्च अझै पनि शून्य रहेको छ । यो भनेको कहालीलाग्दो अवस्था हो । यो अति निराशाजनक सङ्केत पनि हो ।

यही अवस्थामा सङ्घीय र प्रदेशको विकास कसरी होला ? चिन्ताको विषय वनेको छ । यद्यपि प्रदेश सरकारका तर्फबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायाण् आचार्यले खर्च बढाउन र मन्त्रालयको काम तीब्र बनाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्रीले निर्देशनकै क्रममा परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने बताउनु भएको छ । परिवर्तित सन्दर्भमा नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

मुख्यमन्त्रीले बोलेको कुरा ठिक हो तर व्यवहारमा कार्यान्वयनमै आउन सक्दैन । यही विडम्बना छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको चार महिनामा ९ प्रतिशत बजेट खर्च गरेको छ । यसले लुम्बिनी प्रदेश पनि केन्द्रमा जस्तै खर्चमा कमजोर देखिएको छ ।

सरकार अस्थिर बन्दा खर्चको सीमा पनि बढ्न नसक्नु स्वाभाविक जस्तै लागे पनि दुःखद पक्ष अवश्य हो । सरकारले कामलाई गति दिने अवस्था छ । केन्द्रमा अस्थिर राजनीति र सरकार परिवर्तनको असरका कारण विकास प्रक्रियालाई ठेस पु¥याउने अवस्था छ ।

यो बर्षमात्रै होइन, नेपालको विकास खर्चको अवस्था पहिलेदेखि नै बिजोग देखिँदै आएको छ । उता छिमेकी मुलुक भारत र चीन खर्चको सीमालाई अधिकतम सदुपयोग गर्दै विश्वकै ठुलो अर्थतन्त्र भएका देशमा नम्बर एकमा पर्ने प्रतिस्पर्धामा छन् ।

दुई छिमेकमा विकासको गति भ्यागुता उफ्राइमा हुँदा नेपालको काम गराइ कछुवा भन्दा तल छ । यसतर्फ सरकार हाँक्नेहरू अनजान छैनन् । तर, काम गराइ पटक्कै नमिल्दा परिणाम निस्कन सकेको छैन ।

प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा आशा जगाउने तर अन्तिममा निराश बनाउने प्रवृत्ति वर्षौँदेखि कायमै छ । मुलुकमा उत्पादन, रोजगारी, आयआर्जनलगायत अर्थतन्त्रको विकाससँग सरोकार राख्ने धेरै पक्षलाई अगाडि बढाउन खर्चको भूमिका महत्त्वपूर्ण छ तर काम समयमा नबनेपछि प्रतिफल पाउनबाट मुलुक वञ्चित भएको छ ।

यो वर्ष त्यसै पनि २० प्रतिशत बजेट कटौती भएको छ । त्यही कटौती भएको बजेट पनि समयमा खर्च हुन नसक्नु विडम्बनाको विषय हो । अहिलेसम्म हामीले भन्दै आएको हो– समयमा काम नगर्नुमा सबैभन्दा ठुलो कमजोरी सरकार, कर्मचारी र निर्माण व्यवसायीको हो ।

समयमा सम्झौता नहुनु, समय लम्ब्याउँदा आयोजनाको लागत बढाउन पाइने भएकोले यसमा धेरै समूहको मिलेमतो देखिने गरेको छ । अव अझै आठ महिनाको समय बाँकी छ । अव आयोजना सम्झौता गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान जाओस् ।

पुँजीगत खर्च बढाउने हो भने अहिलेदेखि नै कामको गति बढाउनु जरुरी छ । होइन, असारे विकासको प्रवृत्ति दोहो¥याउने हो भने यो देशले जति नै आन्दोलन गरे पनि अवस्था उही रहने छ ।

अहिलेसम्म विकासको प्रवृत्ति हेर्दा ठुला आयोजना निर्माणको समय लम्ब्याएर आर्थिक लाभ लिने प्रवृत्ति देखिएको अवस्था छ । तसर्थ अबको दिनमा त्यसखाले प्रवृत्ति निरुत्साहित गर्ने काम होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?