© २०२३
काठमाडौं, १७ कात्तिक ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।
बैठकमा विषयगत मन्त्रालयका सचिवहरूले आफ्नो प्रस्तुतिकरण दिएका थिए । तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्री कार्कीले सहभागीहरूलाई “अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिनुहोला” भनि निर्देशन दिएकी छन् ।