© २०२३
बुटवल, १६ कार्तिक ।
युरोपेली मुलुक पोर्चुगललाई कर्मथलो बनाउँदै आएका गायक अर्जुन भुसालको स्वरमा ‘बाटो फरक भो’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा गायक भुसालसँगै गायिका शान्ति श्री परियारको पनि स्वर रहेको छ । उक्त गीत सङ्गीतकार अमित बाबु रोकायको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा विगतको प्रेम सम्बन्धलाई जोडेर यो गीत सार्वजनिक गरिएको सङ्गीतकार अमित बाबु रोकायले बताएका छन् । ‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने अधुरो यो जिन्दगीको बाटो फरक भो’ बोलको गीत निकै मार्मिक बनेको गायक तथा सञ्चारकर्मी भुसालले बताए ।
गीतमा गणेश पौडेल र प्रकाश पाठकको शब्द रहेको छ । गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाको सुन्दर अभिनय रहेको छ । यो मर्मस्पर्शी गीत धेरै दर्शक श्रोताको रोजाइमा पर्न सक्ने सङ्गीतकार रोकायको भनाइ छ ।
गायक भुसाल लामो समयदेखि सञ्चार कर्ममा आबद्ध भएर काम गर्दै आएका छन् ।