© २०२३
काठमान्डौ, १६ कार्तिक ।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिता प्राप्त गर्न लागेको छ । पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काका अनुसार दिउँसो २ बजे मेयर साम्पाङ दलको आधिकारिता प्रमाणपत्र लिन निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ ।
पार्टीको चुनाव चिन्ह माटो तोकिएको छ । पार्टीमा २८ जना केन्द्रीय सदस्य र ५ जना पदाधिकारी रहेका छन् । अध्यक्षमा हर्क साम्पाङ, उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
गत असोज १२ गते आइतबार हर्क साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका थिए । आज पनि उनी आफैं दल दर्ता प्रमाणपत्र लिन उपस्थित हुने कार्यक्रम रहेको छ ।