© २०२३
पाल्पा, १६ कार्तिक ।
तानसेन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । रिडीधामस्थित ऋषिकेश मन्दिरमा आयोजना हुने रथयात्राको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा घोषणा गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार, नगर कार्यपालिकाको गत असोज २६ गते बसेको बैठकले ऋषिकेश मन्दिरको धार्मिक महिमा प्रवर्द्धन गर्न र सो क्षेत्रलाई आस्थाको प्रमुख केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
निर्णयअनुसार आज कात्तिक १६ गते तानसेन नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय, नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था र अन्य सरकारी तथा गैरसरकारी निकायहरू बन्द गरिएको छ ।
नगरपालिकाले अत्यावश्यक सेवा भने यथावत् सञ्चालन हुने जनाएको छ ।