Butwal Today

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १६ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्की आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष छलफल गर्ने भएकी छिन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी रहनेछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीय शासन प्रणालीअन्तर्गत संघ र प्रदेश सरकारबीच समन्वय, संवाद र सहकार्यलाई सुदृढ बनाउन बैठक आयोजना गरिएको हो ।