© २०२३
काठमान्डौ, १६ कार्तिक ।
डा. निकोलस भुसालले हालका प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतको नाम लिँदै अराजक र हिंसात्मक अभिव्यक्ति दिएका छन् । यसपछि प्रहरीले उनलाई निगरानीमा राखेको छ ।
शनिबार सम्वाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा भुसालले गत भदौ २३ गते जेनजी आन्दोलनमा भएको दमनको मुद्दा उठाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हत्याराको संज्ञा दिएका थिए । जेनजी आन्दोलनको क्रममा सोही दिन सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो, जसमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका रहेको उनी बताउँछन् ।
भुसालले सरकारले कारबाही नगरेको अवस्थामा आफूहरु नै कारबाहीका लागि अघि सर्ने पनि बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई ‘हुतिहारा’ भनेका छन् भने गृहमन्त्री अर्याललाई लक्षित गर्दै अपशब्द प्रयोग गरेका छन् । साथै, आफूले बालुवाटारमाथि मिसाइल राखेको र त्यसबाट कोही नबच्ने धम्की दिएको पनि उनले बताएका छन् ।
उनी चुनाव र हालको राजनीतिक परिप्रेक्ष्यबारे पनि असन्तुष्ट छन् । आगामी फागुनमा चुनाव भए प्रत्यक्ष कार्यकारी प्रमुखसहितको चुनाव गर्नुपर्ने, नत्र चुनाव असम्भव हुने भनी उनले औँल्याएका छन् ।
डा। भुसाल विवादित पात्रका रूपमा चिनिएका छन् । यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको रिपोर्ट आएको थियो । उनका दाजु सागरले सुधार केन्द्रमा लैजाने जिम्मा लिएपछि उनलाई प्रहरीले छाडेको थियो । तर, यद्यपि, विवादित अभिव्यक्ति र हिंसात्मक आचरण रोकिएको छैन ।
शनिबार झन् उग्र अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको जनाएको छ ।