© २०२३
गुल्मी, १६ कार्तिक ।
गुल्मीको इस्मा गाउँपालिका–१, भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार राति झरना नजिकबाट तम्घासतर्फ आउँदै गरेको लु ५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिए । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका २७ वर्षीय मोहनसिं बस्नेतलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
घटना स्थलबाट मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट करिब १५ मिटर तल खसेको थियो ।