Butwal Today

आजदेखि कार्यालय समय घट्ने

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १६ कार्तिक ।

सरकारले चालू आर्थिक वर्षका लागि तोकेको नयाँ समयअनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।

निर्धारित व्यवस्था अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको कार्यसमय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रहनेछ । यस अवधि बाहेक अन्य समयमा भने कार्यालयहरू साँझ ५ बजेसम्म सञ्चालन हुने व्यवस्था यथावत् रहनेछ ।

शुक्रबारको कार्यसमय भने पहिलेझैँ दिउँसो ३ बजे सम्म कायम रहनेछ ।