ट्रेंडिंग:

>> कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन विजयी >> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन >> मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर >> आफ्नै घरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो !

१६ कार्तिक २०८२, आइतबार
१६ कार्तिक २०८२, आइतबार

नवलपरासी, १६ कार्तिक ।

जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही व्यक्तिले अतिक्रमण गरिरहेको भन्दै व्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गरेका छन् ।

हाट बजार व्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाइन सहितको डिपिआर माग गरेका हुन् । अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफूले बजारको डिपिआर माग गरिएको अग्रहरीले बताए ।

डिपिआर प्राप्त पछि आफू रोक्का गराउनका लागि अदालत जाने समेत सोच बताएका बताउँदै उनले मौखिक रूपमा आफू नगरपालिकाको योजना शाखामा माग गर्दा योजना शाखाका इन्जिनियर माधव न्यौपानेले डिपिआर नै नगरपालिकामा नभएको बताउँदै कार्यालय प्रमुख समक्ष जान भनेका थिए ।

त्यस पछि आफू लिखित निवेदन दिएको छु, उनले भने, प्रमुख प्रशासकीय अधिकृत नभएकोले निमित्त प्रमुख कुन्दन चौधरीले पूर्वाधार शाखालाई तोक लगाएका छन्, उनले निवेदन देखाउँदै भने, उक्त निवेदनमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आदेशअनुसार गर्नु भनी उल्लेख गरिएको छ ।

परासी हाटबजारको डिपिआर तत्कालीन कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठकै बेला बजारका व्यवसायी, राजनीतिक दलसँग छलफल गराइ निर्माण गराएका थिए । पछि सोहीलाई आधार मानी सहरी विकास कार्यालय चितवनले पनि बजारमा निर्माण कार्य गराउँदै आएको छ ।

नगरपालिकाले बर्सेनि बजार ठेक्का लगाउँदै लाखौँ रुपियाँ राजस्व समेत सङ्कलन गर्दै आएको छ । तर बजारको डिपिआर माग गर्दा पनि पूर्वाधार शाखामा डिपिआर नै छैन, भनेर गैरजिम्मेवारीपन देखाएको आरोप उनको थियो । नगरपालिकाको यो रवैयाले अतिक्रमणमा नगरपालिकाकै मिलोमतोमा भई रहेको हो कि भने आशङ्का ब्यक्त गरेका थिए ।

आफ्नै नगरपालिकाको राजस्वको स्रोत भएको हाटबजार अतिक्रमण समेत रोकन असक्षम देखिएको बताउँदै व्यवसायीले चाँसो लिँदा पनि गैर जिम्मेवारी देखाउनु नगरपालिकाकै मिलोमतोमा अतिक्रमण भएको हो कि समेत आशङ्का व्यवसायीले गरेका छन् ।

निवेदन दर्ता गराइएको छ, उनले थपे, प्रमुख प्रशासकीय अधिकृत आएपछि एक पटक पुनःउक्त डिपिआर माग गर्छ, डिपिआर नदिए पनि आफू उच्च अदालत जाने छु । हाटबजारसँग सायौ मानिसको रोजगारी र स्वरोजगार जोडिएको छ ।

नगरपालिकाका लागि अन्य राजस्व स्रोत हुन सक्छ, त्यसलाई चासो नहुन पनि सक्छ, जनप्रतिनिधिलाई भोटको स्वार्थी राजनीति गर्ने दाउ पनि हुन सक्छ, तर हाटबजारसँग रोजगार जोडिएका व्यवसायीहरू बजारको बचाउमा उभिनु पर्ने उनको तर्क थियो ।

व्यवसायी अग्रहरीको माग र चासो जायज नै भएको बताउँदै नगरपालिकाका लेखापाल सञ्जय शर्माले यसमा जिम्मेवार शाखाले पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?