© २०२३
काठमाडौं, १६ कात्तिक ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरु गरेका छन् । मन्त्रालयका उपसचिव मधुप्रसाद घिमिरेले नेपालखबरलाई जानकारी दिनुभयो कि मन्त्री पुनले आइतबारदेखि सिंहदरबारबाटै कामकाज सुरु गर्नुभएको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलनपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालय ध्वस्त भएको थियो । त्यसपछि मन्त्रालयको नियमित कामकाज लैनचौरस्थित केशरमहलबाट सञ्चालन हुँदै आएको थियो ।
उपसचिव घिमिरेका अनुसार, “अब मन्त्रालयको नियमित कामकाज सिंहदरबारबाटै हुनेछ । मन्त्रीज्यूले पनि आजैदेखि सिंहदरबारबाट काम गर्न थालिसक्नुभएको छ । उहाँको बस्ने व्यवस्था पनि सिंहदरबारमै तयार हुनेछ, र केशरमहलमा रहेका केही सामानहरू सिंहदरबार सारिनेछन् ।”
उनका अनुसार, मन्त्रालयका केही काम भने केशरमहलबाट पनि सञ्चालन हुनेछन्। मन्त्री पुन असोज ६ गते शिक्षामन्त्री बनेका थिए र असोज ७ गतेदेखि केशरमहलमै बस्दै आएका थिए ।