Butwal Today

सर्को तानेको बेला केही नलेखौँ : शिक्षामन्त्री पुन

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १६ कार्तिक ।

शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने र लेख्ने गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै मन्त्री पुनले लेखेका छन्, “केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।”

उनको यो टिप्पणी काठमाडौँ महानगरका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा अशोभनीय शब्द प्रयोग गरी लेखेको स्टाटस सार्वजनिक भएपछि आएको हो । मेयर शाहको उक्त अभिव्यक्तिप्रति व्यापक आलोचना भइरहेको समयमा मन्त्री पुनको टिप्पणीलाई उनको प्रतिक्रियासँग सम्बन्धित रूपमा हेरिएको छ ।