© २०२३
काठमान्डौ, १६ कार्तिक ।
काठमान्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहले शनिबार मध्यराति फेसबुकमा पोस्ट गरेका सामग्रीले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।
राति करिब १२ बजे पोस्ट गरिएको उक्त सामग्रीलाई समर्थकहरूले चर्को आलोचना गरेपछि बालेनले पोस्ट हटाइसकेका छन् । तर पोस्टको स्क्रिनशट अहिले पनि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ । विभिन्न व्यक्तिहरूले यस विषयमा फरक–फरक प्रतिक्रिया दिएका छन् ।
विशेषगरी नेकपा एमालेका नेताहरूले बालेनमाथि कडा टिप्पणी गरेका छन् । एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बालेनलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ।”
त्यसैगरी, एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले बालेनको पोस्टले उनको “सक्कली अनुहार उदांगो पारेको” टिप्पणी गर्दै बालेनलाई ‘काठमान्डौको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही’ भएको बताएका छन् ।