© २०२३
काठमाडौं, १६ कात्तिक ।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । पार्टीका अध्यक्ष साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन् ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ । पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई, र प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
गत असोज १२ गते आइतबार, साम्पाङ स्वयं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।