Butwal Today

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १६ कार्तिक ।

आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदीको मूल्य ३०५५ रुपैयाँ कायम भएको छ ।