© २०२३
बुटवल, १६ कार्तिक ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै संस्थाका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी त्यसलाई परिचालन गरी उद्यमशीलता प्रवर्द्धन गर्दै आएको बताएका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हिक बहादुर दर्लामीले सहकारीले स्थानीयले जम्मा गरेको रकम कुनै पनि दुरुपयोग नभएको बताएका थिए । सहकारी भनेको नै सहकारी भएको भन्दै उनले एका लागि सबै र सबैका लागि एक भन्ने नाराका साथ सहकारी सुरुवात गरेको अभियान आफैमा उदाहरणीय भएको बताएका थिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन पेस गर्दै उनले सहकारीमा हाल ५ सय ९५ जना शेयर सदस्य रहेकोमा थप २८ जना यही वर्षमा आबद्ध भएको बताएका थिए । उनले सहकारीले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ८ जना शेयर सदस्यलाई सुत्केरी भत्ता, शल्यक्रिया खर्च २० जनालाई र ७० वर्ष माथिका ७ जनालाई जेष्ठनागरिक कोषबाट भत्ता र २ जनालाई करिया खर्च समेत प्रदान गरिएको जानकारी गराएका थिए ।
साधारण सभामा लेखा समितिको प्रतिवेदन समिति संयोजक गौतमलाल शाक्यले प्रस्तुत गरेका थिए । साथै विविध कारणले राजीनामा दिएका कोषाध्यक्ष दीपक खड्गीको राजीनामा स्वीकृत गरिएको छ । साधारण सभामा सहकारीका संस्थापक अध्यक्ष हर्सलाल श्रेष्ठ, सल्लाहकार हेम बहादुर थापा, खेम प्रसाद गौतम, पुनम रजाली लगायतको सहभागिता थियो ।
ऋण उप समितिका संयोजक सिता जोशीले सहकारीले प्रवाह गरेको कर्जाबाट उद्यमशीलता प्रवर्द्धन भएको बताएकी थिइन् । कार्यक्रममा शेयर सदस्यका सन्तानले एसर्ईई परीक्षमा उत्कृष्ट अङ्क ल्याएकोमा नगद सहित सम्मान समेत गरिएको व्यवस्थापक उषा थापाले जानकारी दिइन् ।