ट्रेंडिंग:

>> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद 

धान उत्पादक किसानलाई राहत देऊ

१६ कार्तिक २०८२, आइतबार
१६ कार्तिक २०८२, आइतबार

विगत चार दिनदेखि ‘मोन्था’ चक्रवातको प्रभावका कारण निरन्तर वर्षा हुँदा धानबालीमा ठुलो क्षति भएको छ ।

किसानले काटेर राखेको धान भित्राउन नपाउँदै पानीले भिजाएर ठुलो क्षति पुगेको छ । मानो रोपेर मुरी उब्जाउने बेला आएको झरी पानीले यो वर्ष धान बालीसहितको खेतीमा ठुलो क्षति पुगेको छ ।

किसानले ठुलो मेहनत गरेर रोपेको धान भित्राउने तयारी गरिरहँदा भएको विपत्तिले किसानमाथि ठुलो चिन्ता थपिएको छ । तीन चार दिन लगातार पानी पर्दा धान भिजेर खेतमै उम्रिने अवस्था आएको छ । हजारौँ बिगाहा खेतमा रोपिएको धान सखाप हुने अवस्था आएको छ ।

धान मात्रै होइन, तोरी, आलु सहितको बालीमा ठुलो क्षति पुगेको छ । पानीसँगै आएको हावाहुरीका कारण अधिकांश खेतको धान ढालेको छ भने तोरी र अन्य खेती तथा तरकारी खेतीमा पनि ठुलो नोक्सानी पु–याएको छ । धान, तोरी तथा तरकारी बालीमा भएको ठुलो क्षतिको विवरण भने अझै आइसकेको छैन ।

पानीले धान, तोरी र तरकारी खेतीमा क्षति पु¥याउनुका साथै बाली स्याहार्नै नपर्ने अवस्था उत्पन्न भएको छ । कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार धान बालीमा पश्चिम क्षेत्रमा मात्रै करिब ४० करोडको क्षति भएको छ ।

यो क्षतिको विवरण अझै बढ्ने निश्चित जस्तै छ । सम्बन्धित निकायले धान बालीमा भएको विवरण सङ्कलनको काम गरिरहेका छन् ।
त्यसै त भारतबाट बर्सेनि ४० अर्बको चामल आयात खेप्नुपरिरहेको वर्तमान अवस्थामा धान बालीमा नोक्सानीपछि आयातको मात्रा अझै बढ्ने निश्चित भएको छ ।

नेपालको पैसा भारत जाने क्रम अझै बढ्ने भएको छ । धानसँगै गहुँ, तोरी र आलु तथा दलहन खेतीमा समेत यो वर्ष उत्पादनमा गिरावट आउने भएको छ । समयमै हिउँदे खेती लगाउन नपाएपछि उत्पादनमा भारी कमी आउने चिन्ता किसानमाथि थपिएको छ ।

पाक्नै लागेको धान पानीका कारण किसानले काट्नै नपाउँदा धान खेतमै उम्रिने अवस्था आउनु किसानको लागि ठुलो समस्याको कुरा हो । मानो रोपेर मुरी उब्जाउने किसानको सपना यो वर्ष पनि अधुरै रहने अवस्था आएको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान २० प्रतिशत छ । यो वर्ष धान उत्पादनमा भारी गिरावट आउने भएपछि यसले राष्ट्रिय आम्दानीमा समेत धक्का पुग्ने छ । अव देशै भरी भएको धान बालीको क्षतिको विवरण सार्वजनिक गरेर सरकारले पीडित किसानलाई यथेष्ट राहत दिनु जरुरी छ ।

त्यसै त किसान गत वर्षकै धान बालीमा भएको क्षतिले मर्कामा परेका छन् । त्यसमाथि यो बर्षपनि धान बालीमा क्षति हुने अवस्था छ । लागत अनुसारको उत्पादन हुन नसक्नु किसानको लागि विडम्बना हो । त्यसमाथि अनेकखाले प्राकृतिक प्रकोपले किसानलाई समस्यामा धकेलिरहेको छ ।

धान बालीमा भएको क्षतिले त्यसपछिको अन्नबालीमा पनि असर पुग्ने निश्चित छ । धानपछि हुने तोरी, मसुरो, आलु लगायतका बालीमा मोन्था चक्र वाताले असर पु¥याउने अवस्था देखिएको छ । अव सरकारले क्षतिको विवरण सङ्कलन गरेर किसानलाई राहत दिनु जरुरी छ ।

वर्षा सकिएपछि दुःख बिर्सिने र अर्को वर्षको जोखिम सहन गर्न तयार हुनुपर्ने वर्षदेखिको यो नियतिमा क्रमभंगता कहिले हुने हो ? यस विषयमा सम्बद्ध निकायले ध्यान दिनैपर्दछ । होइन भने वर्षौदेखि चल्दै आएको यो प्रक्रियाले मानव जीवनलाई नै सङ्कटमा पार्ने निश्चित छ ।

सरकारको यस विषयमा ध्यान पुग्नपर्दछ । सरकार किसानमैत्री छ भने किसानको समस्यामा एकाकार बन्ने प्रयास गरोस् । किसानको समस्यामाथि मलहम लगाउने काम होस् । यो वर्ष ठुलो क्षति भइसकेकोले अव थप क्षति हुन नदिनेतर्फको सचेतना आवश्यक छ ।

प्रभावित किसानले राहतको आशा राखेका छन् । सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन गरी किसानमाथि परेको पीडामा राहत दिने काम गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?