Butwal Today

बेवारिसे अवस्थामा कपडा बरामद

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

दाङ,१६ कात्तिक । 

लमही नगरपालिका वडा नं. ९ अमिलिया स्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डको उत्तर साइडको किनारमा प्लास्टिकको बोरामा बेवारिसे अवस्थामा रहेको कुनै  बिल नभएको र कसैले पनि हकदाबी गर्न नआएकाले  लेडिज कुर्ता सुरुवाल १ सय ११ थान र लेडिज सुरुवाल मात्र ६ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

अन्दाजी  एक लाख चार हजार रुपैयाँ बराबरको कपडालाई आवश्यक अनुसन्धान गरि कारबाहीको लागी भन्सार कार्यालय कोईलावास दाङ पठाइएको प्रहरीले जानकारी दिएको छ।