© २०२३
नवलपरासी,बर्दघाट ।
नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१ पुनर्बासमा एक भाइले आफ्नै दाजुको हत्या गरेका छन् ।
शुक्रबार राति करिब १ः३० बजे पुनर्बासका ३४ वर्षीय चित्रबहादुर शाहीले झगडाको क्रममा घरमै राखिएको टाइल, इँटा र कोदालोको बिडले प्रहार गरी आफ्ना ३६ वर्षीय सहोदर दाजु कृष्णबहादुर शाहीको हत्या गरेका हुन् ।
घटनाको जानकारी इलाका प्रहरी कार्यालय बर्दघाटमा राति ४ः५५ बजे प्राप्त भएपछि प्रहरी निरीक्षक कृष्ण डाँगीको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
हत्या आरोपित चित्रबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । शवको परीक्षणपछि मृतकका आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक रूपमा पारिवारिक विवाद हुन सक्ने अनुमान गरिएको छ भने विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।