© २०२३
काठमान्डौ, १५ कार्तिक ।
नेकपा एमालेको सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ ।
बैठकमा मङ्सिर २७ देखि २९ सम्म पोखरामा आयोजना हुने ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा प्रारम्भिक रिपोर्टिङ हुने बताइएको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितिको बारेमा बैठकमा विस्तृत जानकारी दिने तयारी गरेका छन् ।
बैठकले महाधिवेशनको कार्यतालिका, प्रतिनिधि सङ्ख्या, प्रतिनिधि छनौटको आधार तथा विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्ने विषयमा छलफल गर्ने सम्भावना छ ।
यसैबीच, बैठकमा सरकारले फागुन २१ गते गर्ने भनिएको निर्वाचन र पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि विचार विमर्श हुने एक नेताले जानकारी दिएका छन् ।