© २०२३
बुटवल, १५ कार्तिक ।
नेपाल नियमित रक्तदाता संघको नियमित रक्तदान कार्यक्रम अन्तरगत शनिबार रक्तदान सम्पन्न भएको छ । बुटवलस्थित नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्रमा सम्पन्न कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको नेपाल नियमित रक्तदाता संघका महासचिव तथा संयोजक दिपक अधिकारीले बताए ।
स्याङजा घर भई हाल साइप्रसमा बसोबास गर्ने समाजसेवी उमबहादुर सिंजालीले आफ्नो छोरोको जन्मदिनको अवसरमा सम्पूर्ण खर्च व्यवस्थापन गरेको संस्थाका अध्यक्ष दयाबहादुर सिलवालले बताए । “रगत दान—जीवन दान” साथै “ टोलटोलमा रक्तदान एक घर एक रक्तदाता “ भन्ने नारालाई आत्मसात गर्दै संघमार्फत मानवसेवाको यो महान कार्य निरन्तर रूपमा जारी राख्दै आएको उनले बताए ।
कार्यक्रमको रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष कृष्ण पंगेनीले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारे ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार बिमलबहादुर शाक्यले बुटवलमा रगत अभाव भएको समयमा अग्रस्थानमा रही नियमित तथा आकस्मिक रक्तदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको र निरन्तर रक्तदानको अभियानको अगुवाका रुपमा आफुहरु लागेको बताए ।