ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित

झरी लम्बियो, कारण के त ?

१५ कार्तिक २०८२, शनिबार
१५ कार्तिक २०८२, शनिबार

काठमान्डौ, १५ कार्तिक ।

काठमान्डौसहित देशका मध्य र पूर्वी भूभागमा जारी झरी अपेक्षाभन्दा लम्बिएको छ । बागमती, गण्डकी र तराईका जिल्लाहरूमा आज बिहानसम्म मौसम खुल्ने अनुमान गरिएको भए पनि वर्षा अझै जारी छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार मौसमी पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययनले यी प्रदेशहरूमा झरी लम्बिनुको कारण स्पष्ट पारेको छ ।

बिहीबारदेखि कमजोर बनेको मोन्था आँधी सोमबारदेखि सक्रिय तर पूर्ण रूपमा नबाहिरिएको पश्चिमी वायुसँग मिसिँदै ठूलो संयुक्त मौसमी प्रणाली बनेको छ, जसले नेपालसहित व्यापक क्षेत्र ढाकेको छ । यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि बंगालको खाडी नजिकै थाइल्याण्डको दक्षिणी भूभागमा बनेको र हाल बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीले यसलाई उल्टो दिशातर्फ—उत्तर–पश्चिमतर्फ—धकेलेको छ ।

यसैबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ सर्दै नेपालतर्फ उन्मुख छ । फलस्वरूप देशमा अहिले पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको तीव्र दबाब परेको छ । यसले गर्दा गण्डकी, बागमती र कोशी प्रदेशमा वर्षा गराउने बादल स्थिर रहँदा लगातार झरी परिरहेको छ ।

हावामा जलवाष्पको मात्रा अत्यधिक भएकाले वर्षा रोकिएको बेला पनि स–साना पानीका कणहरू झर्ने—शीत परेजस्तो—अवस्था बनेको मौसमविद् उपाध्यायले बताए ।

उपाध्यायका अनुसार अबको अवस्थाले ठूलो वर्षा नल्याए पनि हल्का झरी जारी रहन सक्छ । बाढीको जोखिम भने न्यून रहेको छ । धेरै मौसमी प्रणाली मिसिएकाले यो स्थिति कति समय कायम रहन्छ भन्ने ठ्याक्कै अनुमान गर्न कठिन रहेको उनले बताए ।

तर, बादलको घनत्व क्रमशः घट्दै गएको र अबको १२ घण्टाभित्र मौसममा उल्लेखनीय सुधार हुने सम्भावना उच्च रहेको उपाध्यायको भनाइ छ । उनका अनुसार साँझसम्म वर्षा पूर्ण रूपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने संभावना प्रबल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?