ट्रेंडिंग:

>> मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन : ओली >> राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त >> कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन विजयी >> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन

पेडारी नाला पुल निर्माणको काम तीव्र

१५ कार्तिक २०८२, शनिबार
१५ कार्तिक २०८२, शनिबार

बाँके, १५ कार्तिक ।

नेपालगन्ज खजुरा रोडमा पर्ने जीर्ण पेडारी नालाको निर्माणको काम तीव्र पारिएको छ । पुल निर्माण गर्नका लागि नेपालगन्जमा रहेको नारायण निर्माण सेवालाई  दिएको छ । २०८२ जेठ ७ गते ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो ।

हुलाकी राजमार्ग निर्देशनालय बबरमल काठमाडौँबाट जारी भैसकेको कुल जम्मा रकम भ्याट र पिएस् सहित ८ करोड ९६ लाखको बजेटमा ठेक्का सम्झौता गरेर काम बढाएको हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय नेपालगन्जका प्रमुख लिला बहादुर भण्डारीले बताए ।

पेडारी नालाको पुल निर्माण गर्ने काम सुरु भएको निर्माण कम्पनीले ३ महिना भित्र काम सम्पन्न गर्ने गरी अगाडी बढाएको छ । पुललाई निर्माण गर्ने सम्झौता भएको एक वर्ष भित्र सम्पन्न हुने गरी सम्झौता भएको कार्यालय प्रमुख भण्डारीले बताए ।

उनले भने, यो पुलको बजेट विनियोजित गर्न धेरै कसरत गर्नु परेको थियो । सरकार सँग आवश्यक बजेट नहुँदा धेरै वर्षपछि बजेट सुनिश्चित भयो र ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले काम सुरु गरिसकेको छ । यस कार्यालयको लागि यो एउटा सफलता नै रहेको बताए ।

यता बर्षौंदेखि जीर्ण रहेको उक्त पुलको ठेक्का भएको सुनेपछि नेपालगन्ज खजुरा रोड दैनिक यात्रा गरि रहेको बर्दियाको गुलरिया बब्लु खानले बताए । उनले भने–‘बर्खा याममा खजुरा रोड भएर नेपालगन्ज ओहोर दोहोर गर्न निकै गाह्रो भएको हुन्छ ।

धेरै बर्सात भएपछि बाढी आउने र बाटो बन्द हुने समस्याले यो रोडमा यात्रा गर्ने मानिसहरूलाई धेरै पटक घर पनि फर्किनु पर्ने बाध्य रहेको बताए । तर अब निर्माण कम्पनीले समयमै पुल निर्माण गरे यो वर्षदेखि यात्रा गर्न सहज हुने महाशुस गरे ।

पुल बनेको धेरै वर्ष भएको थियो यस पुलमा यात्रा गर्दा कहिले भासिन्छ कि भन्ने डरैडरले यात्रा गर्न बाध्य रहेको खजुरा गाउँपालिका वडा नम्बर ७ जगदिस भुसालले बताए । हामी दैनिक जसो यो बाटो ओहोरदोहोर गरिरहेका हुन्छौ ठुलो गाडी आएको बेला पुल सँगै गाडी पनि भासिन्छ कि दर धेरै हुन्छ ।

तर अब पुल निर्माणको काम भइसकेको छ निर्माण कम्पनीले सम्झौता भए अनुसार निर्माण गरिदिए अझै खुसी थपिने बताए । पेडारी नालाको कारणले दैनिक सयौँ मानिसहरू ज्यान जोखिममा राखेर यात्रा गरिरहेको खजुरा गाउँपालिकामा रहेको खजुरा बजारमा व्यवसाय गर्दै आएका व्यापारी शिव बरालले बताए ।

बर्खाको समयमा नेपालगन्ज जानै गाह्रो हुन्छ । यो पुल खजुरा बजारमा व्यवसाय गर्नु भन्दा पहिलादेखि नै जीर्ण रहेको छ । सरकारले के कारणले हो पुन निर्माण गर्न सकेको थिएन तर यो वर्ष पुल निर्माणको बजेट पनि विनियोजित भयो र ठेक्का लागेर निर्माण सुरु भयो अब एक वर्ष भित्र जोखिम यात्रा अन्त्य हुने व्यवसायी बरालले बताए ।

यो पुलको विषयलाई लिएर धेरै पार्टीका मानिसहरूले राजनीति पनि गरेका थिए । केही नभए पनि पुलकै विषयलाई लिएर चुनावी एजेन्डा पनि बनाउँथे र यसको निर्माण गर्ने घोषणा पनि गर्ने गरेका थिए, उनले भने ।

उक्ता पुल बक्स ब्रिजको डिजाइनमा निर्माण हुने छ भने पुल ३३ मिटर लम्बाई र २२ मिटर चौडाइमा रहने छ । जुन पुरानो जीर्ण पुरानो रहेको पुला भन्दा दुई गुणा ठुलो रहनेछ । पुरानो पुलको चौडाइ कम भएको कारणले उक्ता ठाउँमा बढी आउने गरेको थियो तर नयाँ पुल निर्माण भएपछि जीर्ण पुल र बढी आउने समस्या दुवैको अन्त्य हुने भएको देखिन्छ ।

पुल निर्माणको बजेट नपर्दा उक्ता ठाउँमा करिब २ सय मिटर बाटो पनि निर्माण हुन सकेको छैन । पुल निर्माण भएपछि नेपालगन्ज गुलरिया सडक खण्डमा करिब ३५ किलोमिटरको बाटो निकै सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?