ट्रेंडिंग:

>> कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन विजयी >> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन >> मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर >> आफ्नै घरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
शनिबार–सम्मान

समुदायसँग जोडिन सिकाउँछ जेसिज

१५ कार्तिक २०८२, शनिबार
१५ कार्तिक २०८२, शनिबार
बुटवल, १५ कार्तिक । 
अनुशासन सफलताको सूत्र हो । जुन म जेसिजबाट सिकेँ । बुटवल जेसिज २०२५ का अध्यक्ष जेसी मोहन न्यौपानेको अनुभव हो यो । १० अघि बुटवल जेसिजमा जोडिएका न्यौपानेले यहाँबाट अनुशासन, समय व्यवस्थापन,जिम्मेवारी र पारिवारिक सम्बन्धलाई जोड्न सिकेको बताउँछन् ।
सबैले आ–आफ्नो काम गरिरहेका हुन्छौ तर जेसिजमा जोडिएपछि त्यही काम कसरी समुदायसम्म जोडेर गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । म निर्वाचित भएको १० महिना भयो । मैले यहाँ सुरुमा बनाएका योजना अनुसार धेरैजसो कामहरू सम्पन्न भएका छन् । त्यो बाहेक समयको माग अनुसार पनि हामीले थप काम गरेका छौँ ।
योजनाका ३० काम बाहेक समयको मागलाई ध्यानमा राखेर पछिल्लो काम हामीले प्रहरीलाई मनोपरार्श कार्यक्रम सकेका छौँ । देशको विषम परिस्थतीमा नेपाल प्रहरीको मनोबल माथि भएको प्रहार कम होस्, प्रहरीसँगै यूथ पनि सँगसँगै छ भन्ने भावना बिस्तार गर्नका लागि हामीले ‘साहसको उडान कार्यशाला’ आयोजना गरेका हौँ ।
त्यो बाहेक हामीसँगै व्यावसायिक, व्यक्तिगत, सामुदायिक र अन्तराष्ट्रिय क्षेत्र हाम्रो प्राथमिकतामा रहेर काम गरिरहेका छौ । उनले नियमित कार्यक्रम अनुसार जेसीज सप्ताह २०२५ मा सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न भएको बताए ।
बुटवल जेसीज र जेसीआई गोरखपुर मिड टाउन बिच भगिनी सम्बन्ध नवीकरण रक्तदान कार्यक्रम, जेसीज उद्यानमा वृक्षारोपण,नेतृत्व सोच विकास तालिम बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखाहरू र छिमेकी शाखाहरूका बिच हाम्रो मातृत्व, हाम्रो सन्तति वर्तमान र भविष्य विषय अन्तर्क्रिया तथा फेलोशपि सहित साताव्यापी कार्यक्रम आयोजना भएको उनले जानकारी दिए ।
समुदायमा आधारित रहेर जेसिज बुटवलले लुम्बिनी प्रादेशिक अस्पतालको पछाडि यात्रु प्रतीक्षालय बुटवल उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरेको छ । अब दुई महिनाको अवधिमा बाँकी छ यो बिचमा जनप्रतिनिधिहरूलाई एकै स्थानमा राखेर छलफल गर्ने योजना छ ।
यहाँ आर्थिक, समुदाय, व्यवसाय सबै कुरा समेट्न सक्नेले नै जेसिजको नेतृत्व लिन सक्षम बन्छ न्यौपानेले भने । जेसिजबाट नेतृत्व विकास, व्यक्तित्व विकास, अनुशासन, पारिवारिक, व्यवसायीक र संघसंगठन बिचको सम्बन्धलाई बलियो बनाउन सहयोग हुन्छ ।
जेसिजले लिडर उत्पादन गर्ने थला भएकाले यहाँ आउनेहरू जसले पनि नेतृत्वलाई सफलता पूर्वक सम्पन्न गर्न सक्ने क्षमता हुने न्यौपानेको भनाइ छ । चुनौतीलाई पनि सहज रूपमा लिएर नै काम गर्न’ पर्ने अवस्था छ । कार्यकाल छोटो भए पनि काम समुदायसँग हुने भएकाले पनि यो संस्था धेरैको रोजाइमा पर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?