ट्रेंडिंग:

>> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र

१२ औँ विश्व सहरीकरण दिवस 

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

आज १२ औँ विश्व सहरीकरण दिवस ।

हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि यो दिवस मनाइने गरिन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।

यो वर्ष सहरीकरणको चुनौती र अबको बाटो भन्ने नाराका साथ यो दिवस मनाउँदै गर्दा वास्तवमै सहरीकरण नेपालका लागि प्रमुख चुनौती बनेको छ । पहाडका गाउँ उजाड बन्दै गर्दा सहरमा बस्ती बढेको छ ।

सहरमा बस्ती बढ्दा आवश्यक भौतिक पूर्वाधारको अभाव सिर्जना भइरहेको छ । त्यसो त सहर भन्ने बित्तिकै सबैको मनमा ‘सुविधा सम्पन्न संसार’ आउँछ । तर, सहर आजको विश्वका लागि चुनौती बन्दै गएको छ । सहरमा सुविधासँगै अभाव सुरु भैसकेको छ ।

सहरीकरण भन्नाले एक स्मार्ट सिटी हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक आधारको खम्बा पनि हो भन्दा अत्युक्ति नहोला । सहरीकरणको चुनौतीहरूलाई सम्बोधन गर्न देश र सहरहरू बिचको सहयोग बढाउन र सहरी विकासको लागि योगदान पु¥याउन विश्व सहरीकरण दिवस मनाइने गरिएको हो ।

अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ । अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । सहरलाई उत्कृष्ट सहरका रूपमा विकास गर्ने आधार तयार गर्ने र त्यहाँ बस्ने नागरिकको उत्कृष्ट जीवन हुनुपर्छ भन्ने सोचलाई मध्यनजर गरी सहरीकरण दिवसको अवधारणा बनेको हो ।

तर, जुन पवित्र उद्देश्य र भावनाले सहरीकरण दिवस मनाउन सुरु गरियो, आज त्यसमा चुनौती थप्ने काम भइरहेको छ । अर्थात् सहरीकरण आजको विश्वका लागि चुनौती बन्दै गएको छ । विश्वमै सबैभन्दा धेरै मानिस सहरी क्षेत्रमै बस्छन् । सहरी जीवन काकाकुल बन्दै गएको छ ।

कोलाहल सहरमै छ । फोहोर, दुर्गन्ध, दूषित हावापानी सहरको परिचय वनेका छन् । पछिल्लो रिपोर्टका अनुसार विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचिमा काठमाडौँ  चौथो नम्बरमा आएको छ । यो दुःखद कुरा हो । काठमाडौँ  पछिल्लो समय सहरीकरणको तीव्र चपेटामा परेको छ ।

सहरमा सम्पूर्ण सुख सुविधा हुन्छ भन्ने मान्यता अझै पनि छ । सहरमा सबैभन्दा गरिबी छ, अभाव छ, प्रदूषण छ । पछिल्लो समय सहरमा नहुने सुविधा गाउँमा पाउन सकिने भएको छ । पछिल्लो समय सुखमय संसार खोज्दै सहर झर्ने तर सहरमा अनेकौँ प्रताडना सहनुपर्ने अवस्था छ ।

सहर भन्ने बित्तिकै सुविधा सम्पन्न संसार हो भन्ने गलत धारणा विकास हुँदै गएको छ । अधिकांश सहरमा भू–उपयोग योजना अभाव र अव्यवस्थित निर्माणले भविष्यमा ठुलो समस्या निम्त्याउने देखिएको छ ।

सहरमा सडक, खानेपानी, ढल निकास, विद्युत् र सार्वजनिक यातायातजस्ता आधारभूत पूर्वाधार जनसङ्ख्याको अनुपातमा पर्याप्त छैनन् । वायु प्रदूषण, फोहोर मैला व्यवस्थापन समस्या र नदी अतिक्रमण तथा प्रदूषणले सहरको वातावरणीय स्वास्थ्यलाई जोखिममा पारेको छ ।

अर्कोतर्फ सहरमा आर्थिक असमानताले धनी र गरिबबिचको खाडल फराकिलो हुँदै गएको छ । शिक्षा र रोजगारी अभावमा ठुलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेका छन् । जसले गर्दा सहरको विकासका लागि आवश्यक मानव संसाधन कमी भएको छ । नेपालले पछिल्लो समय बढ्दो सहरीकरणका कारण विभिन्न कठिनाइ भोग्दै आएको छ ।

तीव्र बसाइसराइको कारण गाउँ उजाड बन्ने तर सहरमा पूर्वाधार घट्दै जाने अवस्थाले सहरीकरण चिन्ताको विषय बन्ने अवस्था छ । यही लुम्बिनी प्रदेशको कुरा गर्दा पनि ५५.२ प्रतिशत जनसङ्ख्या नगरपालिका र ४८.८ प्रतिशत जनसङ्ख्या गाउँपालिकामा रहेको छ ।

पहाडबाट सहर झर्ने क्रम बढेसँगै लुम्बिनी प्रदेशका ३० वटा पहाडी क्षेत्रका पालिकाहरूको जनसङ्ख्या अघिल्लो जनगणनामा भन्दा घटेको छ । सहरीकरणको मारमा पछिल्लो समय पहाडी पालिकाहरू परेको यो उदाहरण हो ।

अबको केही वर्षभित्रै पहाडबाट सहर बसाई झर्ने तर सहरमा पनि पूर्वाधार नहुँदा पुनः पहाड फर्किनुपर्ने अवस्था आउन सक्ने सम्भावना बढ्दै गएको छ । तसर्थ सहरीकरणको चुनौती कसरी कम गर्ने भन्ने विषयमा अव सोच्नुपर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?