ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

सत्य तथ्य उजागर गर्ने प्रतिबद्धतामा अडिग छौँ— राज शर्मा

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

नेपालगञ्ज, १४ कात्तिक ।

जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ पत्ता लगाउन गठित जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले निष्पक्ष र निर्भिक रूपमा प्रतिवेदन तयार पारिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, सरकारी संरचना, निजी घर तथा व्यवसायमा भएको क्षतिको स्थलगत अध्ययन र सरोकारवालासँगको छलफलका क्रममा बाँके पुगेका शर्माले शुक्रवार नेपालगञ्जमा आयोजित कार्यक्रममा भने— “आयोग कुनै पक्षपातमा आधारित हुनेछैन, हामीले यथार्थ प्रमाणसहित प्रतिवेदन बुझाउनेछौँ ।” उनले स्पष्ट पार्दै थपे, “फौजदारी अपराधमा अनुसन्धान र कारबाही गर्ने अधिकार प्रहरीकै हो। आयोगले कसैलाई कारबाही गर्न होइन, घटनाको यथार्थ अवस्था सरकारलाई जानकारी गराउने उद्देश्य राखेको छ ।” शर्माका अनुसार आपराधिक घटनामा अनुसन्धान र अभियोजन गर्न कुनै रोकटोक छैन । उनले भने, “हामी सत्य तथ्य उजागर गर्ने प्रतिबद्धतामा अडिग छौँ । आयोगको प्रतिवेदन जनताको विश्वास जित्ने खालको हुनेछ ।”

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आन्दोलनका नाममा अराजक समूहहरूले सरकारी कार्यालयदेखि आफ्नै निजी घरमा समेत तोडफोड र आगजनी गरेको उल्लेख गर्दै त्यसलाई गम्भीर अपराधका रूपमा लिनुपर्ने धारणा राखे । उनले भने, “उद्दण्डता मच्चाउनेहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिनुहुँदैन ।”

त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गरे । कार्यक्रमका सहभागीहरूले विगतका आयोगका प्रतिवेदन कार्यान्वयन नभएकाले यस पटक पनि त्यस्तै हुने आशङ्का व्यक्त गर्दै यस आयोग र सरकारले गम्भीर प्रतिबद्धता देखाउनुपर्ने माग गरे । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य घननाथ खनाल, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र कुमार चौधरी, प्रहरी प्रमुख एसपी अङ्गुर जिसी, पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, उच्च अदालत बार अध्यक्ष चित्र बहादुर शाही, इन्सेक लुम्बिनी संयोजक भोला महत, र उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले पनि आफ्ना धारणा राखेका थिए ।

सो क्रममा आगजनी र तोडफोडबाट प्रभावित सरकारी कार्यालयका प्रमुखहरूले आफ्ना कार्यालयमा पुगेको क्षति र अहिलेको सेवा प्रवाहको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?