© २०२३
काठमान्डौ, १४ कार्तिक ।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन ।’
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिच एकताको तयारी हुँदै गर्दा नेताहरूबाट फरक फरक मत आइरहेको छ ।