© 2026
काठमान्डौ, १४ कार्तिक ।
नेकपा एकीकृत समाजवादीका ११ जना नेताले माओवादी केन्द्रसँगको पार्टी एकतामा सामेल नहुने निर्णय गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी छ । आजको बैठकले माओवादी केन्द्रसँगको एकताको औपचारिक निर्णय गर्ने तयारी रहेको छ । यो एकता प्रक्रियामा सम्मानित नेता झलनाथ खनालसहित ११ नेता सामेल हुने छैनन् ।
एकता प्रक्रियामा तीन पदाधिकारी सामेल नहुने एक नेताले जानकारी दिए । सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भूसालले एकतामा नजाने बताइसकेका छन् ।
स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमार झाँक्री पनि एकतामा सहभागी हुदैन्न ।
पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि एकता प्रक्रियामा नजाने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।