© २०२३
काठमान्डौ, १४ कार्तिक ।
जेन–जी आन्दोलनका क्रममा देशभरका कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ४ हजार ७९५ जनाको राहदानी ९पासपोर्ट० कालोसूचीमा राखिएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, तीमध्ये ४ हजार २ सय २६ जना नेपाली र ५ सय २९ जना भारतीय नागरिक रहेका छन् ।
गत भदौ २४ गते देशभरका विभिन्न कारागारबाट १४ हजार ५४९ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये ९ हजार ४५३ जना पुनः नियन्त्रणमा परेर कारागार फर्किसकेका छन्, भने बाँकी अझै फरार रहेका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, फरारमध्ये कतिपयले आत्मसमर्पण गरेका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा पठाएको छ ।
न्यौपानेका अनुसार, हालसम्म बालसुधार गृहका बालअपराधीहरू समेत ५ हजार १ सय ७४ जना अझै फरार रहेका छन् ।
सरकारले फरार रहेका ती व्यक्तिहरूको पासपोर्ट कालोसूचीमा राखेर देश बाहिरिन नदिन प्रतिबन्ध लगाएको हो ।