© २०२३
भैरहवा, १४ कार्तिक ।
रुपन्देहीको ओमसतिया–१ ठुटीपिपलमा बस र ट्रक आपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबस सर्भिस लेनबाट मुख्य सडकमा आउँदै गरेको लु १ ख ४४७७ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोबसमा सवार ११ जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये केहीको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको छ भने अन्यलाई विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ ।