© २०२३
काठमान्डौ, १४ कार्तिक ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत निर्माण गरिएका संरचना सात दिनभित्र स्वेच्छाले हटाउन अनुरोध गरेको छ ।
एक सार्वजनिक सूचना जारी गर्दै महानगरले असोज २ गतेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको उल्लेख गरेको छ ।
अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने महानगरको चेतावनी छ ।
