Butwal Today

सुनको मूल्य फेरि २७ सय रुपैयाँले बढ्यो

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, पछिल्लो केही दिन मूल्य घट्दा पनि शुक्रबार फेरि वृद्धि भएको हो ।

महासंघका अनुसार, बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो भने शुक्रबार २ लाख ३९ हजार रुपैयाँ पुगेको छ, जसअनुसार तोलामा २७०० रुपैयाँले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँ कायम थियो भने शुक्रबार ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।