ट्रेंडिंग:

>> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन >> मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर >> आफ्नै घरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ >> सामुदायिक वनमा अवैध रुपमा रुख काट्ने पक्राउ

मुक्त कमलरीको प्रश्न परिचयपत्र कहिले पाउने ?

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

 दाङ,  १४ कात्तिक ।

कमलरी मुक्त घोषणा गरेको १२ वर्ष बितिसक्दा पनि अहिलेसम्म परिचय पत्र पाउन नसकेको मुक्त कमलरीले गुनासो गरेका छन ।

मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीहरूको अधिकारको माग सम्बन्धी सशक्तीकरण परियोजना अन्तर्गत प्रदेश स्तरीय संवाद कार्यक्रममा बोल्ने मुक्त कमलरीले यस्तो गुनासो गरेका हुन ।

परिचयपत्र नपाउँदा शिक्षा सहित विभिन्न सेवा सुविधाबाट वञ्चित भइरहेको मुक्त कमलरी एवं कमलरी अभियन्ता उर्मिला चौधरीले  बताइन्  । “परिचयपत्रको कारण सयौँ मुक्त कमलरी छात्रवृत्ति पाउन नसक्दा बिचैमा पढाइ छोड्नुपर्ने अवस्था आएको छ, उनले भनिन् , मुक्त कमलरी जमिनदारको घरबाट मुक्त भए पनि राज्यले सही ढङ्गले पुनः स्थापना गर्न नसक्दा १२ हजार मुक्त कमलरीको भविष्य अन्योल बनेको छ ।”

कमलरी उन्मुलनको लागी सङ्घर्ष समिति र नेपाल सरकार बिच २०७० जेठ २४ गते भएको १० बुँदे सहमति कार्यान्वयन गरेमा मुक्त कमलरीले न्याय पाउने उनको भनाई छ ।

गढवा  गाउँपालिका कटान गाउँकी रुपा चौधरीले छात्राबासमा बस्ने मुक्त कमलरीलाई खाना र पढाइको समस्या भएको बताइन  । सरकारका हरेक काममा परिचयपत्र खोज्ने गरिन्छ परिचयपत्र नभएकाले हरेक अवसरबाट वञ्चित हुनुपरेको बताइन् ।

मुक्त  कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरा मोती चौधरीले मुक्त कमलरीको दिगो रुपमा समस्या समाधानको लागि प्रदेश सरकार  र स्थानीय तहमा  कार्यविधि बनाउन आवश्यक रहेको बताइन ।

सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाए पनि  लुम्बिनी प्रदेश सरकारले आलटाल गरिरहेको उनको गुनासो छ ।  यस्तै स्थानीय तह स्तरीय मुक्त कमलरी पहिचान गरेर लगत लिएर स्थानीय तहमा परिचयपत्र वितरण गर्नु पर्ने बताइन  । यस्तै उनले मुक्त कमलरीलाई सीप तथा आयआर्जनको कार्यक्रममा  विशेष स्थान दिनुपर्ने बताइन ।

त्यस्तै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले २०७० सालदेखि अहिलेसम्म मुक्त कमलरीका समस्या जस्ताको तस्तै देखिएको आफूले पाएको बताइन। “मुक्त कमलरी आत्मनिर्भर बनाउनको लागी    सीपमूलक तालिमका लागि सबै पालिकाले सहयोग गर्नुपर्छ, उनले भनिन् , हाम्रो पालिकाभित्र  रहेका मुक्त कमलरीलाई सीप तथा क्षमता विकास तालिममा सहभागी गराउने   प्रतिबद्धता व्यक्त गरिन ।”

आफूले कुन तालिम लिएपछि आफ्नो जीवन सहज हुन्छ त्यसको बारेमा मुक्त कमलरी पालिकामा आउन उनले  अनुरोध गरिन। मुक्त  कमलरीले जग्गा प्राप्तका लागि आवाज उठाउनु आवश्यक रहेको  उनले बताइन् ।   परिचयपत्रका लागि स्थानीय तहलाई जिम्मेवारी दिने हो भने आफूले पहल गर्न तयार रहेको समेत बताइन् ।

त्यस्तै गढवा गाउँपालिकाका उपाध्यक्षमा शारदा कुमारी चौधरीले आफ्नो पालिकाबाट मुक्त कमलरी सशक्तीकरणको लागि विविध कार्यक्रमहरू गर्दै आएको बताए ।

हरेक वर्ष मुक्त कमलरीको क्षमता विकास कार्यक्रममा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन   । कार्यक्रम लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था  तथा सहकारी मन्त्रालयका नापी अधिकृत विष्णु डाँगीले प्रदेश सरकार मुक्त कमलरीको हितमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?