ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

मुक्त कमलरीको प्रश्न परिचयपत्र कहिले पाउने ?

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

 दाङ,  १४ कात्तिक ।

कमलरी मुक्त घोषणा गरेको १२ वर्ष बितिसक्दा पनि अहिलेसम्म परिचय पत्र पाउन नसकेको मुक्त कमलरीले गुनासो गरेका छन ।

मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीहरूको अधिकारको माग सम्बन्धी सशक्तीकरण परियोजना अन्तर्गत प्रदेश स्तरीय संवाद कार्यक्रममा बोल्ने मुक्त कमलरीले यस्तो गुनासो गरेका हुन ।

परिचयपत्र नपाउँदा शिक्षा सहित विभिन्न सेवा सुविधाबाट वञ्चित भइरहेको मुक्त कमलरी एवं कमलरी अभियन्ता उर्मिला चौधरीले  बताइन्  । “परिचयपत्रको कारण सयौँ मुक्त कमलरी छात्रवृत्ति पाउन नसक्दा बिचैमा पढाइ छोड्नुपर्ने अवस्था आएको छ, उनले भनिन् , मुक्त कमलरी जमिनदारको घरबाट मुक्त भए पनि राज्यले सही ढङ्गले पुनः स्थापना गर्न नसक्दा १२ हजार मुक्त कमलरीको भविष्य अन्योल बनेको छ ।”

कमलरी उन्मुलनको लागी सङ्घर्ष समिति र नेपाल सरकार बिच २०७० जेठ २४ गते भएको १० बुँदे सहमति कार्यान्वयन गरेमा मुक्त कमलरीले न्याय पाउने उनको भनाई छ ।

गढवा  गाउँपालिका कटान गाउँकी रुपा चौधरीले छात्राबासमा बस्ने मुक्त कमलरीलाई खाना र पढाइको समस्या भएको बताइन  । सरकारका हरेक काममा परिचयपत्र खोज्ने गरिन्छ परिचयपत्र नभएकाले हरेक अवसरबाट वञ्चित हुनुपरेको बताइन् ।

मुक्त  कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरा मोती चौधरीले मुक्त कमलरीको दिगो रुपमा समस्या समाधानको लागि प्रदेश सरकार  र स्थानीय तहमा  कार्यविधि बनाउन आवश्यक रहेको बताइन ।

सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाए पनि  लुम्बिनी प्रदेश सरकारले आलटाल गरिरहेको उनको गुनासो छ ।  यस्तै स्थानीय तह स्तरीय मुक्त कमलरी पहिचान गरेर लगत लिएर स्थानीय तहमा परिचयपत्र वितरण गर्नु पर्ने बताइन  । यस्तै उनले मुक्त कमलरीलाई सीप तथा आयआर्जनको कार्यक्रममा  विशेष स्थान दिनुपर्ने बताइन ।

त्यस्तै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले २०७० सालदेखि अहिलेसम्म मुक्त कमलरीका समस्या जस्ताको तस्तै देखिएको आफूले पाएको बताइन। “मुक्त कमलरी आत्मनिर्भर बनाउनको लागी    सीपमूलक तालिमका लागि सबै पालिकाले सहयोग गर्नुपर्छ, उनले भनिन् , हाम्रो पालिकाभित्र  रहेका मुक्त कमलरीलाई सीप तथा क्षमता विकास तालिममा सहभागी गराउने   प्रतिबद्धता व्यक्त गरिन ।”

आफूले कुन तालिम लिएपछि आफ्नो जीवन सहज हुन्छ त्यसको बारेमा मुक्त कमलरी पालिकामा आउन उनले  अनुरोध गरिन। मुक्त  कमलरीले जग्गा प्राप्तका लागि आवाज उठाउनु आवश्यक रहेको  उनले बताइन् ।   परिचयपत्रका लागि स्थानीय तहलाई जिम्मेवारी दिने हो भने आफूले पहल गर्न तयार रहेको समेत बताइन् ।

त्यस्तै गढवा गाउँपालिकाका उपाध्यक्षमा शारदा कुमारी चौधरीले आफ्नो पालिकाबाट मुक्त कमलरी सशक्तीकरणको लागि विविध कार्यक्रमहरू गर्दै आएको बताए ।

हरेक वर्ष मुक्त कमलरीको क्षमता विकास कार्यक्रममा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन   । कार्यक्रम लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था  तथा सहकारी मन्त्रालयका नापी अधिकृत विष्णु डाँगीले प्रदेश सरकार मुक्त कमलरीको हितमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?