© २०२३
बुटवल, १४ कार्तिक ।
बुटवलमा प्रथम बुटवल फिस टनेल एन्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेला २०८२ उद्घाटन भएको छ ।
रोड ट्र्याक क्लब अफ बुटवल साउथको आयोजनामा सञ्चालन भएको मेलाको बुटवल उपमहानलपारिका उप प्रमुख सावित्रीदेवी अर्यालले शुभारम्भ गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख अर्यालले यी र यस्ता सांस्कृतिक सबैको हितमा काम गर्ने बताए ।
कार्तिक १३ देखि देखि मङ्सिरको २ गतेसम्म सञ्चालन हुने छ । उनले बुटवलको देव नगर क्षेत्रलाई गुन्जायस बनाउनको लागि सबैले साथ दिनुपर्ने बताइन् । उनले भनिन्–‘यी र यस्ता प्रकृतिका मेलाले बुटवल सहित देव नगर अन्य क्षेत्रलाई गुन्सायस बनाउनको लागि थप सहयोग गर्ने छ ।’
रोट¥याक्ट क्लब अफ बुटवल सचिव तथा मेला स्थलमा सांस्कृतिक कार्यक्रम संयोजक शङ्कर काफ्लेका अनुसार बाल उद्यान, कृषि, होटल हस्तकला लगायत दैनिक उपभोग्य वस्तुहरूका स्टल रहने छन् ।
रोड ट्र्याक क्लब अफ बुटवल साउथले यस्तो खालको कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । सांस्कृतिक तथा रमाइलो मेला आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित गरिएको हो ।
रोट्¥याक्ट क्लब अफ बुटवलका अध्यक्ष इपाल भण्डारीले मेला अवलोकनका लागि ५० रुपैयाँ को टिकट रहेको राखिएको जानकारी दिए । उनले विद्यार्थीहरूको लागि ४० र ५ वर्षमुनिका बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क मेला अवलोकनको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
मेलामा १ सय भन्दा बढी स्टल दर्ता भएका छन् । मेलामा कृषि प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिएको रोट्¥याक्ट क्लब अफ बुटवलले जनाएको छ । मेला सञ्चालनबाट भएको आम्दानी सामाजिक कार्यमा खर्च गर्ने क्लबले जनाएको छ ।