ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

जलवायु परिवर्तनले कृषिमा असर  

१४ कार्तिक २०८२, शुक्रबार
१४ कार्तिक २०८२, शुक्रबार

दाङ, १४ कात्तिक ।

घोराही उपमहानगरपालिका –१२ डाँडागाँउका ४७ वर्षकी कमला चौधरीलाई आजभोलि धेरै गर्मी र धेरै जाडो लाग्ने गरेको छ ।

उनको पेसा भनेकै खेतीपाती हो । पहिले पहिले खेतीपाती गर्नलाई पानी प्रशस्त पर्थ्यो । पछिल्लो समय पानी पर्ने प्रणाली पनि परिवर्तन भएको जस्तो लागेको छ  । पहिले पानी ठुलो जोडले जलमग्न हुने गरि पर्छ पहिले खडेरी भएर रोपेको बालीनाली पनि सुक्छ ।

३० वर्ष अगाडि खेतीपाती  गर्दा प्रशस्त पानी हुन्थ्यो कुला,खोला, इनारमा पानी कहिले सुक्दैनथ्यो । गाउँघरमा प्रशस्त गाई बस्तु पाल्ने गरिन्थ्यो । आफ्नै घरमा २०वटा गाई बस्तु पालेको उनलाई ताजै छ ।  खेतबारीमा गोबर मल प्रयोग गरेर प्रशस्त उत्पादन हुन्थ्यो ।

अहिले रासायनिक मलको प्रयोग गर्नुपर्ने बाध्यता छ । गोठमा गाईबस्तु छैनन् । रोपेको बालीनालीमा रोग किरा लागेर खेतीपातीलाई धेरै असर  परेको छ । पानीका मुहान सुकेर समस्या हुने गरेको उनको अनुभव छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरकी ४९ वर्षीया इन्द्राकुमारी चौधरीले जलवायु परिवर्तनका कारण बालीनालीमा रोग किराको प्रकोप बढेको बताइन् । उनले रैथाने बीउ मासिँदै गएको र उन्नत जातका बीउ प्रयोग गर्दा बढी रोग किरा लाग्ने गरेको अड्कल गरिन्  ।

पहिलेको तुलनामा मानिसलाई रोग पनि बढी लाग्ने गरेको र त्यसमा पनि नसर्ने रोग धेरै लाग्ने अवस्था बढेको पाइएको बताइन्  ।  प्लास्टिकको धुवाँले मानिस र पृथ्वीलाई धेरै असर गर्छ भन्ने कुरा थिएन । घरमा आगो सल्काउँदा सधैँ प्लास्टिकले सल्काउने गरेको उनले बताइन् ।

गाउँमा गठन भएको महिला समूहमा एउटा संस्थाले स्वच्छ सफा वातावरण सम्बन्धी  दुई दिने तालिममा भाग लिँदा प्लास्टिक जलाउँदा हुने बेफाइदाको  बारेमा थाहा पाएपछि प्लास्टिक जलाउन छोडेको र समूहमा अन्य पदाधिकारीलाई पनि सिकाउने गरेको उनले बताइन् ।

आफ्नै आनीबानी र अस्वस्थ जीवनशैलीले मानिस रोगी हुने अवस्था सिर्जना भएको भन्दै असल जीवनशैली र व्यवस्थित जीवनका लागि आफूबाट सुरुवात गर्ने र घर परिवार तथा समुदायलाई पनि सचेतना फैलाउने प्रतिबद्धता जनाइन्   ।

घोराही उपमहानगरपालिका –६ का जुगमती चौधरी ६६ वर्षको भइन् ।  उनलाई पानी पर्ने प्रणालीमा परिवर्तन भएको महसुस भएको छ । हिउँदको समयमा पानी पर्दैन खेती स्याहार गर्दा पानी परेर बाली नोक्सानी हुने गरेको छ ।

गएको फागुन महिनामा गहुँ बाली स्याहार गर्दा ठुलो पानी परेर पाकेको गहुँ खेतमै भिजेर खेतमा उम्रने अवस्थामा पुगेको थियो । अहिले धान स्याहार गर्ने समयमा पानी पर्दा खेतमा धान डुबेको छ । जलवायु परिवर्तनका कारण मानिसलाई प्रत्यक्ष असर परेको उनको अनुभव छ ।

उनले वातावरणलाई असर गर्ने खालका काम नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्  । हाम्रा आनीबानी बिग्रिएका कारण वातावरणमा असर परेको उनले बुझेपछि अरूलाई पनि बुझाउन थालेकी छन्   ।

नेपालमा वातावरण स्वच्छ राख्नका लागि दाङ,सल्यान र कपिलवस्तुमा काम गर्दै आएको स्वच्छ सफा नेपालले महिला समूहलाई जलवायु परिवर्तन र मानिसले गर्नुपर्ने आनीबानीका सुधार सम्बन्धी कुराहरू सिकाएपछि आमा समूहमार्फत गाउँघरमा परिवर्तन आउने परियोजना संयोजक कैलाश विक्रम शाहीले बताए ।

वातावरणलाई स्वच्छ राख्न अपनाउनु पर्ने विषय र नागरिकको भूमिका बारेमा नागरिकलाई सचेत गराउने काम गरेको बताए । उनले भने, मानिस आफैले वातावरण दूषित गराएका कारण उनीहरूलाई सचेत गराउने काम गरेको बताए ।

जलवायु प्रदूषणका कारण,असर र रोकथामका बारेमा गाउँघरका महिलाहरू विभिन्न समूहमा आबद्ध भएको हुँदा समूहमार्फत जनचेतनामूलक काम गर्न सजिलो हुने हुँदा महिला समूहलाई कार्यक्रममा समावेश गरिएको बताए ।

जल तथा मौसम विज्ञान कार्यालय भैरहवा सिनप्टिक फिल्ड केन्द्र घोराही दाङका प्रमुख श्रीया रिजालले जलवायु परिवर्तनका कारण मौसममा तापक्रम बढ्ने गरेको बताइन् ।  दाङमा सन् २०२४ मा १० वर्षकै बढी तापक्रम भएको बताइन् । सो वर्ष ४०डिग्री तापक्रम भएकाले गर्मी महसुस भएको बताइन् ।

तालिका नं. १. 
सन २०१५ देखि २०२५ सम्म दाङको अधिकतम र न्यूनतम तापक्रमको विवरण ।


स्रोत: जल तथा मौसम विज्ञान कार्यालय भैरहवा सिनप्टिक फिल्ड केन्द्र घोराही दाङ । 

मानिसका आनीबानीले वातावरण दूषित

मानिसका व्यवहारका कारण वातावरण दूषित भएको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक प्रकाश देवकोटाले बताए । उनले भने, पछिल्लो समय मानिस अल्छी बन्दै गएका छन् सुख सुविधाको उपयोग धेरै गर्न थालेका छन् ।

पहिले गाउँघरमा विवाह,व्रतबन्ध, जन्म,मृत्यु जस्ता संस्कारमा सालको पातका दुना टपरी प्रयोग हुन्थ्यो । तर अहिले बजारमा पाइने पलस्टिक जन्य सामग्रीको प्रयोग बढेको बताए ।

वातावरण जोगाउने भन्दा जाँगर जोगाउने परिपाटीको विकास भएपछि वातावरण दूषित हुन थालेको बताए । पातको प्रयोग गरेपछि त्यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ ।

कुहिएर मल बनाउन सकिन्छ तर प्लास्टिकको प्रयोग गरेपछि व्यवस्थापन गर्न जलाउने गर्दा वातावरण दूषित हुने गरेको उनको भनाइ छ । सबैले आनीबानी सुधार गर्ने हो भने वातावरणलाई समयमा बचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?