Butwal Today

राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका व्यक्तिहरूले जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालय तोडफोड र आगजनी गर्नुका साथै त्यहाँबाट सरसामान चोरी गरेको आरोप छ ।

प्रहरीले उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद गरेको जनाएको छ ।