Butwal Today

भारतका विभिन्न राज्यबाट उद्धार गरिएका १६ बालबालिका परिवारको जिम्मामा

१४ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १४ कार्तिक ।

भारतका विभिन्न राज्यमा जोखिमपूर्ण काममा संलग्न गराइएका १६ जना नेपाली बालबालिकालाई उद्धार गरी आज उनीहरूको परिवारको जिम्मा लगाइएको छ ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा सम्पन्न कार्यक्रममा उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको हो ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतका मुम्बई, दिल्ली र विहार पुगेका ती बालबालिकालाई भारतीय प्रहरीले सहयोग गरी काइन इन्डिया नामक संस्थाले उद्धार गरेको हो । आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेपछि मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको उपस्थितिमा उनीहरूलाई परिवारका जिम्मा लगाइएको थियो ।

राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोका अनुसार उद्धार गरिएका बालबालिकाहरू महोत्तरी, धनुषा, सिराहा, रौतहट र सप्तरी जिल्लाका हुन् । उनीहरूको उमेर ९ वर्षदेखि १७ वर्षसम्म रहेको जानकारी उनले दिए ।