ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

शून्य आसक्ति, जीवनको हिसाब मिलाउने बौद्ध मार्ग

१३ कार्तिक २०८२, बिहीबार
१३ कार्तिक २०८२, बिहीबार

जन्मदेखि मृत्युसम्मको यात्रामा असङ्ख्य इच्छा, आकांक्षा र अपेक्षामा बाँधिन्छ मान्छे ।

जीवनको प्रत्येक पलमा ऊ कुनै न कुनै लक्ष्यको खोजीमा रहन्छ । जसरी मरुभूमिमा मिराजलाई पछ्याउँदै पानी भेट्न दौडिरहन्छ यात्री । भ्रमपूर्ण गन्तब्यमा । विभिन्न चरणहरूमा परिवर्तित हुँदै जान्छन् मानिसका चाहनाहरू । बाल्यकालमा एउटा सानो खेलौनाको क्षणिक मोह ।

किशोर अवस्थामा प्रेमको पहिलो स्पर्श वा शैक्षिक सफलताको उन्मादी खोजी । अनि वयस्क अवस्थामा भौतिक सम्पत्ति, सामाजिक प्रतिष्ठा र अटुट सम्बन्धको आकांक्षा । मानिसलाई यस्तै इच्छा, आकांक्षा र अपेक्षाले बाँधिरहन्छ । ज्यूँदो रहुन्जेल ।

मानिसका चाहना परिवर्तन हुँदै जान्छन् समयको नदीसँगै । अनि अवस्था, समाज र व्यक्तिगत चेतनाको विकाससँगै । आफूलाई अरूसँग तुलना गर्दा पनि बढ्छन् त्यस्ता चाहनाहरू । त्यसो त चाहनाहरू क्रमशः पूरा हुँदै जाँदा खुसी प्राप्त हुन्छ ।

तर, ती खुसीहरू क्षणभरका लागि मात्र अडिन्छन् । दुःखी हुने क्रम भने अनवरत रूपमा चलिरहन्छ । कुनै कुरा प्राप्त गर्ने, त्यसको आनन्द केही समयमै हराउने अनि फेरि नयाँ नयाँ चाहनाले स्थान लिने । यही हो ‘दुःख’ । बुद्धले यसैलाई दुःखचक्र भनेका छन् ।

जीवनका सबै अनुभवहरू अनित्य छन् । कुनैपनि कुरा स्थायी छैन । यही अनि त्यता बुझ्न नसक्दा मान्छे सधैँ असन्तुष्ट र दुःखी बन्दछ ।
मानिसले लिने चाहना र लक्ष्यहरू यत्तिकै कसैले आशिर्वादको रूपमा पूरा गरिदिन्न । तिनको प्राप्तिका लागि जीवनमा अथक यज्ञ जरुरी छ ।

यस्तो यज्ञमा त्यागको ज्वाला, मिहिनेतको आहुति र संघर्षको अग्निकुण्ड हुन्छ । यो मिहिनेतको प्रक्रियामा अनगिन्ती शारीरिक कष्ट र मानसिक दुःखहरूको वर्षामा निथु्रक्क भिज्नुपर्छ मान्छेलाई । त्यसैले मानव जीवन सदैव दुःखको चक्रव्यूहमा फस्दछ ।

अतः मानिस सधैँ खुसीको तिर्खा मेट्न चाहन्छ तर मिराजको भ्रममा उसले केही प्राप्त गर्न सक्दैन । प्राप्त गर्दछ, केवल दुःख । कुनै एक व्यक्ति दिनहुँ पैदल यात्रा गरिरहँदा अरू मानिसहरूले साइकल चढेको देख्छ । यसबाट उसमा साइकल किन्ने चाहना जाग्छ ।

कडा मिहिनेत र लामोसमयको सानोसानो बचतपछि ऊ साइकल किन्न सफल हुन्छ । साइकल पाउँदा ऊ खुसी पनि हुन्छ । तर, केही समयपछि ऊ अरूलाई मोटरसाइकलमा देख्छ । अनि सुरु हुन्छ दुःखको यात्रा । त्यही साइकल जसलाई उसले सुखको कारण मानेको थियो ।

अब दुःखको कारण बन्न पुग्छ । ऊ साइकल यत्राप्रति असन्तुष्ट हुन्छ । निराश हुन्छ । पुनः संघर्ष गर्छ र मोटरसाइकल किन्छ । तर, केही दिनपछि त्यो पनि प¥याप्त लाग्दैन । अब उसमा कारको चाहना जागृत हुन्छ । यही चक्र जीवनभर दोहोरिरहन्छ । यो चक्र मानवीय सम्बन्ध, सम्मान र अपेक्षामा पनि देखिन्छ । यस्तो आसक्तिको चक्रले सधैँ दुःख सिर्जना गर्दछ ।

भौतिक सुख अर्थात क्षणिक सुखमा हराउने हो भने जीवनको उत्तरार्धतिर पछुतो मात्र हुन्छ । यसलाई बिवेकपूर्ण जीवन मान्न सकिन्न । यस क्रममा प्रश्न उठ्न सक्छ, त्यसो भए बुद्धिमानी के हो त? बुद्धका अनुसार बबुद्धिमानी भनेको भौतिक आसक्ति र क्षणिक सुखबाट टाडा रहनु हो ।

समग्र जीवनको लक्ष्य पहिचान गरेर त्यसको प्राप्तीको लागि सत्यको बाटोमा हिँड्नु हो । जीवनमा केवल टुक्रे वा क्षणिक लक्ष्यहरूको पछि लाग्दा मानिस दुःखको चक्रमा फस्दछ । त्यसैले समग्र जीवनको परम उद्देश्य अर्थात् दीगो खुसी प्राप्त गर्ने मार्गलाई पहिचान गरी त्यसमा हिँड्नु बुद्धिमानी हुन्छ ।

विवेकी मानिसका लागि खुसी भनेको दुःखबाट पूर्ण मुक्तिको अवस्था हो । दुःखबाट मुक्तिका लागि हामीले सर्वप्रथम दुःखको स्वरूप र यसका कारणहरूबारे जान्नु जरुरी छ । त्यसपछि दुःख निरोध गर्ने उपाय । बुद्धले आफ्ना चार आर्य सत्यमा यी सबै मूलभूत कुराहरूको व्याख्या गरेका छन् ।

उनले दुःख निरोधका लागि आर्य अष्टाङ्गिक मार्ग अर्थात् मध्यम मार्ग पत्ता लगाएका छन् । तर, विडम्बना धेरै मानिसहरूलाई दुःख दूर गर्ने उपाय (आर्य अष्टाङ्गिक मार्ग) बारे थाहा त छ, तर उनीहरूलाई यो ज्ञानले मात्र दुःख दूर हुन सक्दैन भन्ने महत्वपूर्ण कुराको बोध छैन ।

जसरी डाक्टरले रोग पत्ता लगाउँछन् । त्यसपछि औषधि दिन्छन् । हामीले औषधि सेवन नगरेसम्म रोग निको हुँदैन । ठिक त्यसैगरी बुद्धको दुःख निरोधको मार्ग पनि केवल जान्ने विषय मात्र होइन । व्यवहारमा लागू गर्ने विषय हो । आर्य अष्टाङगिक मार्गलाई जीवनमा अभ्यास नगरेसम्म दुःख निरोध हुन सक्दैन । दुःख निरोध नभएसम्म मुक्ति अर्थात् निर्वाण लाभ प्राप्त हुन सक्दैन ।

बौद्ध धर्मले दुःख निरोधका लागि “अनासक्ति” को सिद्धान्त सिकाउँछ । यसलाई आर्य अष्टाङ्गिक मार्ग वा मध्यम मार्गमा पनि समावेश गरिएको छ । “अनासक्ति”को अर्थ हो, भौतिक वस्तुप्रतिको लगाब वा मोह शून्य बनाउनु ।

संसारसँगको सम्बन्ध नतोडी, संसारिक जीवनमा रहँदा पनि त्यसबाट अलग रहन सकिन्छ । अर्थात् अनासक्त रहन सकिन्छ । त्यसको लागि उपयुक्त उपाय भनेको ध्यान हो । ध्यानले चित्तलाई केन्द्रित गर्न सिकाउँछ । सन्तुष्ट रहन र पूर्णरूपमा वर्तमानमा रहन पनि मद्दत गर्दछ ।

जब हामी सचेत बन्छौँ, तब हाम्रो ध्यान परिणामभन्दा कार्य वा प्रक्रियामा केन्द्रित हुन्छ । यसो गर्न सकियो भने मात्र दुःखका कारणहरूबाट टाढा हुन सकिन्छ । जित वा हारको अनुभूतिले मनमा अनावश्यक क्रोध, स्वार्थ वा अहंकारको विजारोपण गर्दछ ।

यसको विपरीत, काममै आनन्द मान्ने हो भने, दुःखबाट अलग रहने बाटो भेटिन सक्दछ । वास्तवमा, परिणाम कहिल्यै पनि हाम्रो नियन्त्रणमा हुँदैन । यसलाई असङ्ख्य बाह्य कारकहरूले समेत प्रभाव पार्दछ । तर, कामको प्रक्रियामा हामी नियन्त्रित र केन्द्रित हुन सक्यौँ भने, कामप्रतिको हाम्रो प्रयासले हामीलाई आन्तरिक रूपमा अझ सक्षम र सामथ्र्यवान् बनाउन मद्दत गर्दछ ।

झट्ट हेर्दा अनासक्ति र वैराग्य दुबै उस्तैजस्तो लाग्छ । वास्तवमा यी दुबै अवधारणा एउटै होइनन् । साधुहरूले भौतिक सुख र सांसारिक सम्बन्धहरूलाई त्यागेर एकान्त जीवन बिताउँछन् । अर्थात् वैराग्य जीवन विताउँछन् ।

उनीहरूमा अनासक्तिको भावना पनि हुन्छ । यस्तो भावना पारिवारिक जीवनमा रहेका व्यक्तिहरूसँग समेत हुन सक्दछन् । यस्ता मानिसहरू परिणामसँग नजोडीई आफ्नो कर्तव्य पूरा गर्न लागिरहन्छन् । हाम्रो जीवन इच्छाहरूको पुञ्ज बनेको छ, जुन दुःखको कारण हो ।

वैराग्यले यी इच्छाबाट मुक्त हुन मद्दत गर्छ, तर यसले हामीलाई आमाबाबु, सन्तान, साथी र समाजप्रतिको जिम्मेवारीबाट पनि टाढा लैजान्छ । यसको विपरीत, अनासक्ति भनेको एउटा सन्तुलित जीवनदर्शन हो । यसले हामीलाई परिणामको चिन्ता नगरी वर्तमानका कार्यहरूमा केन्द्रित हुन सिकाउँछ ।

इच्छा मानवीय स्वभाव हो । यही इच्छामाथि नियन्त्रण गर्न नसक्दा मानिस तृष्णाको जालोमा जकडिन पुग्छ । परिणाम मिल्छ त केवल दुःख । वास्तवमा, तृष्णा र आसक्ति सून्य भए मात्र खुसीको गणित सुध्रिन सक्छ । जसै अनासक्तिको भाव जाग्छ, तृष्णा कमजोर बन्दै जान्छ ।

यसले अनावश्यक इच्छालाई दबाउँदै जान्छ । सुख ठानिएका वस्तुहरू नै दुःखका कारण हुन् भन्ने जान्नु चानचुने अभ्यास होइन । जे कुरालाई हामी प्राथमिकता दिइरहेका छौँ, त्यही कुरा नित्य छैन ।

यो अनित्यताको सत्य बुझेर मनमा अनासक्तिको भावना विकास गर्नु नै बुद्धले बताएको मध्यम मार्ग हो। यही नै वास्तविक मुक्तिको बाटो हो । यसलाई दैनिक जीवनमा लागू गर्न सकेमा प्रत्येक व्यक्ति आफैंले मोक्षको यात्रा सुरु गर्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?