© 2026
काठमाडौँ ।
सेनाका सहायक रथी विष्णुकुमार खड्कालाई उपरथीमा बढुवा गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो ।
खड्का हाल विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् । बढुवासँगै अब उनको जिम्मेवारी पनि हेरफेर हुनेछ ।
गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि उपरथीको एक पद रिक्त भएको थियो । त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकास भइसकेका थिए ।