Butwal Today

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालन

१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १३ कार्तिक ।

आज बिहानदेखि परेको लगातार वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भागमा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार, निरन्तरको वर्षाका कारण सडक चिप्लो बनेपछि ठूला मालवाहक सवारीसाधनलाई रोकिएको छ भने यात्रुबाहक बस र साना गाडीलाई मात्र सञ्चालन गर्न दिइएको छ ।

उनका अनुसार, गएरातिदेखि परेको झरीका कारण विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला क्षेत्रमा सडक अत्यधिक हिलो र फिसलनयुक्त बनेको छ। त्यसले गर्दा गाडीहरूलाई उकालो चढ्न कठिनाइ भइरहेको छ ।

सडकमा जाम हुन नदिन र दुर्घटनाको जोखिम न्यूनिकरण गर्न प्रहरी टोली खटाइएको सूचना अधिकारी नेपालले बताए ।