ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

प्रहरीमा ६ एसएसपी रिक्त, १७ जना बढुवामा प्रतिस्पर्धामा

१३ कार्तिक २०८२, बिहीबार
१३ कार्तिक २०८२, बिहीबार

काठमाडौं, १३ कात्तिक ।

नेपाल प्रहरीमा ६ वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी हाल रिक्त रहेको छ ।

भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजीमा बढुवाका लागि सिफारिस भएपछि ५ एसएसपी रिक्त भएका थिए ।

बुधबार मात्र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत अर्का एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त एसएसपीको संख्या ६ पुगेको छ । रिक्त पदमा बढुवा सिफारिसका लागि समितिले गृहकार्य सुरु गरेको छ ।

हाल बढुवा सिफारिस भएका डीआईजीहरू बढुवा भएर दर्ज्यानी चिह्न लगाइसकेका छन् । रानाभाटको राजीनामा स्वीकृत भएपछि एसएसपीमा बढुवा गर्ने तयारी अघि बढाइएको छ ।

बढुवा सूचीको पहिलो नम्बरमा बिमल बस्नेत छन् । उनी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भइ प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । बस्नेत यसअघि पनि पटकपटक बढुवामा छुटेका थिए ।

पछिल्लो पटक गत साउनमा भएको बढुवामा छुटेपछि बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी दिएका थिए । प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले ७ दिनभित्र उजुरी गर्न सकिने व्यवस्था छ ।

५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा बस्नेत छुटेका थिए ।

त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए ।

आफूभन्दा ५ वर्ष जुनियर बढुवा हुँदा पनि छुटाइएको आरोप बस्नेतले लगाएका छन् । बस्नेत यसअघि कर्णाली प्रदेशको ट्राफिक प्रमुख हुँदा आर्थिक अनियमिततामा मुछिएका थिए, त्यसपछि एक वर्ष बढुवा रोक्का गरिएको थियो । रोक्काको अवधि सकिए पनि उनी पटकपटक बढुवामा छुटेका आरोपमा छन् ।

बस्नेतले दिएको उजुरीमाथि छानबिन भइसकेको छ । उजुरीअनुसार बढुवा सिफारिसमा तलमाथि भएन, जसले कार्यसम्पादन मूल्यांकनको अंकबाट २ अंक घट्ने निश्चित गरेको छ । नियमावलीअनुसार उजुरी पुष्टि नभए पनि पहिलो पटक उजुरी गर्नेको २ अंक र दोस्रो पटकदेखि ३ अंक काटिने व्यवस्था छ ।

यसअनुसार बस्नेतको २ अंक काटिएको छ । २ अंक कट्ने भएकाले उनी यस पटक बढुवामा पर्छन् वा पर्दैनन् भन्ने प्रश्न पेचिलो बनेको छ ।

बढुवा सूचीमा दोस्रो नम्बरमा रामप्रकाश शाह प्रतिस्पर्धामा छन् । उनी पनि २०५५ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भइ प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् ।

त्यसपछि २० माघ २०७७ मा एसपी भएका अन्य अधिकृतहरू बढुवाको प्रतिस्पर्धामा छन् । जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् ।

उनीहरूमध्ये ६ जना एसएसपी बन्नेछन्, बाँकी एसपीमै रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?