© २०२३
काठमान्डौ, १३ कार्तिक ।
अबदेखि तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको हो ।
विभागका अनुसार असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रहरूलाई कार्यक्षेत्र घोषणा गरिएको छ । सो व्यवस्था अनुसार तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्नेछ ।
निवेदनका इच्छुकले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन, २०८२) को अनुसूची–८ मा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागले यो प्रावधान घरजग्गा कारोबारमा पारदर्शिता, उत्तरदायित्व र नियमन सुदृढ गर्नका लागि लागू गरिएको स्पष्ट पारेको छ ।
