© २०२३
काठमाडौं, १३ कात्तिक ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ।
लिग-२ को जारी सिरिजको अघिल्लो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो।
आइतबार भएको खेलमा नेपालले कमजोर ब्याटिङ गर्दा १०६ रनको पराजय भोग्नुपरेको थियो।
युएईसँग पछिल्लो पाँच एक दिवसीय खेलमा नेपाल विजयी भएको छ।
यसअघि आइसिसी टी-२० विश्वकप छनोटका खेलमा पनि नेपालले युएईलाई पराजित गरेको थियो।
फरक फर्म्याटको खेल भए पनि नेपालले आज युएईविरूद्ध आत्मविश्वासका साथ खेल्नेछ।
१ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी-२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी-२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्।
नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।