© २०२३
काठमान्डौ, १३ कार्तिक ।
प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडानहरू प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, कम भिजिबिलिटीका कारण कतारको दोहाबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको विमानलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गरिएको छ ।
त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको विमान लखनऊ तर्फ मोडिएको छ भने इन्डिगो एयरको विमान समेत पुनः दिल्ली फर्काइएको विमानस्थलले जनाएको छ ।
मौसममा सुधार नआएपछि आन्तरिक उडान पनि प्रभावित भएका छन् । विशेषगरी लुक्लातर्फका बिहानका सबै उडान रद्द गरिएको छ ।