© २०२३
काठमान्डौ, १३ कार्तिक ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिनकै मूल्यमा सुन कारोबार भइरहेका बेला चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन पनि सोही मूल्य निर्धारण गरिएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ, जुन अघिल्लो दिनको २ हजार ९६५ रुपैयाँभन्दा १५ रुपैयाँ बढी हो ।
अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।